आज दिनभर के-के भए ? मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
143
Shares

१. नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सभापतिका लागि ५ जना मैदानमा, भोलि निर्वाचन हुँदै

२. आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको भन्दै सहयोगका लागि नेपाली कांग्रेसका सभापति देउवाले गरे प्रतिनिधिलाई आग्रह, कांग्रेसलाई सबैको साझा पार्टी बनाएर लैजाने प्रतिबद्धता

३. नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ग¥यो ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन, पोलिटब्युरोमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिए

४. दोस्रो चरणको निर्वाचनबाटै भए पनि सभापतिमा देउवालाई हराएरै छाड्ने नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको चुनौती, पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दाबी

५. नेकपा एमालेद्वारा ४४ जना केन्द्रीय सदस्य मनोनयन, विधानअनुसार खुलामा २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित

६. नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महतद्वारा पार्टीलाई बलियो र विस्तारित बनाउने प्रतिबद्धता, नेतृत्वको लागि महाधिवेशनबाट देउवालाई चुन्नुको विकल्प नरहेको भनाइ

७. नेकपा एमालेले तोक्यो सातै प्रदेशमा अध्यक्ष, बागमतीमा केशवराज पाण्डे, लुम्बिनीमा राधाकृष्ण कँडेल र सुदूरपश्चिम प्रदेशमा दामोदर भण्डारीलाई जिम्मेवारी

८. अहिले बनेका सबै गुट महाधिवेशनपछि भत्कनुपर्नेमा नेपाली कांग्रेसका नेता गगन थापाको जोड, कांग्रेसमा जित्नेले गुट चलाइरहने परिपाटी अन्त्य गर्नुपर्ने माग

९. १९ लाख ६६ हजार मात्रा मोडर्ना खोप आइतबार नेपाल आइपुग्यो, पुस ४ गतेबाट १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने सरकारको तयारी

१०. पार्टीभित्रका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता, वीपी कोइरालाको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्नेमा जोड

११. देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५४ मा कोरोना संक्रमण पुष्टि, २ सय ३४ जना कोरोना संक्रमणमुक्त, एक जनाको मृत्यु

१२. २३ सयको बिन्दुमा झ¥यो नेपाली सेयर बजार, नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घट्दा ३ अर्बमा खुम्चियो कारोबार, ५ कम्पनीको मात्र सेयर मूल्य बढ्यो

१३. अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा परी कम्तीमा सय जनाको मृत्यु, हजारौँ घरमा विद्युत् र पानीको आपूर्ति बन्द, उद्धारकार्य जारी

१४. अरुणा शाहीको कप्तानीमा एसियन सिनियर सेन्ट्रल जोन खेल्ने १२ सदस्यीय महिला भलिबल टिमको घोषणा, लक्ष्मी चन्द पहिलो पटक राष्ट्रिय टिममा

१५. र, स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज रियल मड्रिड र एथलेटिको मड्रिड भिड्दै, घरेलु मैदानमा हुने डर्बीमा एथलेटिकोलाई पराजित गर्दै अंकतालिका सुधार्ने दाउमा रियल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?