पछिल्लो २४ घण्टामा थप २ सय ५४ मा कोरोना संक्रमण

लोकपथ
260
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये २ सय ४२ जनाको पिसीआर र १२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २४ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ७ सय ८२ पुगेको छ । पछिल्लो समय थप २ सय ३४ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख ६ हजार ७ सय ७८ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ६९ हजार ५ सय ८० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८ सय ९० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?