पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना संक्रमण

लोकपथ
208
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार १ सय ७८ को पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २३ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ७ सय ७० पुगेको छ । पछिल्लो समय थप ३ सय ७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख ६ हजार ५ सय ४४ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख ६६ हजार ९ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८ सय ८३ छ । हाल होम आइसोलेशनमा पाँच हजार ६ सय ६, संस्थागत आइसोलेशनमा २ सय ७७, सघन उपचार कक्षमा १ सय १२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?