अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

RSS
0
Shares

काठमाडौं । नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन ।

गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा सय जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरुप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । ‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ, तर यसबारे जानकार नहँदा अझै पनि धेरै करदाता कार्यालयमा नै आएर कर तीर्ने गरेका छन्’, डा अधिकारीले भने ।

कर खाताबाटै सिधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधिको प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिने छ ।

चालू आर्थिक वर्षको असोजदेखि अहिलेसम्मा महानगरपालिकाले यस प्रविधिको प्रयोग गरी १५ लाख रुपैयाँ रकम असुल गरेको छ, यो रकम कम हो यस तरिकालाई धेरैभन्दा धेरै नागरिकसम्म पुर्‍याउनका लागि महानगरपालिकाले आगामी पुसदेखि नागरिकको घरघरमा जनचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर सुरु गरेको महानगरपालिकाले नम्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने विगत तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?