लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त

लोकपथ
77
Shares

काठमाडौं । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेश अनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन् ।

राष्ट्रपति काबोरेले हस्ताक्षर गरेको आदेश अनुसार ‘लासिना जेर्बोलाई प्रधानमन्त्री नियुक्त गरिएको छ।’ जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लिय-टेस्ट-ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव थिए र यसअघि संगठनको इन्टरनेशनल डाटा सेन्टरका निर्देशकका रूपमा काम गरिसकेका छन् ।

उनले बुधबार बर्खास्त गरिएका क्रिस्टोफ जोसेफ मारी डाबिरेको स्थान लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?