१३ चैत्र २०७९, सोमवार

पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा

२०७४,आश्विन,२५,बुधबार ०५:१७

0
Shares

(सुशीला रेग्मी)रामपुर (पाल्पा), २५ असोज ।झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।रामपुर आउने जो कोही पनि तालपोखरा अवलोकनका निम्ति पुग्ने गर्छन् । रामपुर नगरपालिका–६ मा अवस्थित वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिने तालको रुपमा परिणत गरिएपछि पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको हो ।तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ ।बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न र रमाउन आउनेको जमात अहिले बढ्दो छ । झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिले पानी जम्मा हुने पोखरी रहेको थियो । यसको विकास र प्रवद्र्धन भएको खण्डमा यसले रामपुरकै पर्यटकीय भविश्यको लागि एक खम्बा बन्ने परिकल्पना गरेर यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सफल भएको परिकल्पनाकार एवं तालपोखरा संरक्षण समितिका अध्यक्ष देवराज देवकोटाले बताए ।युवाको नेतृत्वमा रामपुरवासीको सहयोगमा तालपोखराको पर्यटन विकासका लागि महायज्ञ सञ्चालन गरेर आर्थिक रकम संकलन गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात बनेको अध्यक्ष देवकोटा बताउछन ।“भविष्यमा तालपोखरा पोखराको फेवातालजस्तै पर्यटन प्रवद्र्धनका लागि रामपुरको मेरुदण्ड बन्नेछ” उनले भने अहिले यहाँ अवलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दो छ । दैनिकजसो १०० भन्दा बढी आन्तरिक पर्यटकले तालपोखरा क्षेत्र अवलोकन गर्ने गरेको उनले बताए ।विसं २०६६ देखि यहाँ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउन थालिएको हो । अहिले फेवातालको झल्कोस्वरुप चारैतिर ताल बिचमा मन्दिर स्थापना गरिएको छ ।तालको बिचमा रहेको मन्दिर वरिपरि पर्खाल, पोखरी व्यवस्थापन, मन्दिरको साइडमा तीन ठाउँमा पूजाआजाका लागि प्रवेशद्वार, तालमा लैजाने पानी व्यवस्थापनका लागि नाली निर्माण, पार्क निर्माण, विवाह, व्रतबन्ध, वनभोजको व्यवस्था, पोखरी प्रवेशद्वारलगायतका काम सम्पन्न भइसकेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिए । अहिलेसम्म यहाँ झण्डै रु एक करोड १० लाख बराबरको काम सम्पन्न भइसकेको छ ।तालपोखरा वरिपरी चारैदिशामा घेराबार, दीर्घकालीनरुपमा पानीको व्यवस्थापन गरेपछि डुंगा सञ्चालन शुरु गरिने तयारी गरेको ढकालले बताए । अबको दुई वर्षभित्रमा बाँकी काम सम्पन्न हुने उनले बताए ।तालपोखराको पर्यटन प्रवद्र्धनका लागि रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ मा टर्मिनल खरिदका लागि रु एक लाख, २०७३/०७४ मा तालपोखरा प्रवेशद्वार निर्माणका लागि रु एक लाख र ०७४/०७५ मा रु तीनलाख रकम विनियोजन गरेको समितिका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिए ।तालपोखरामा डुंगा सञ्चालन गरेर पोखरीको बिचमा रहेको मन्दिरमा पूजाआजा र पोखरी वरिपरि डुंगामा सयर गर्ने व्यवस्था छिट्टै नै सञ्चालन गर्नसके यहाँ दिनहुँ ठूलो आम्दानी हुनेछ । डुंगा सञ्चालन शुरु गरेपछि यहाँ दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६