नेपाली काँग्रेसको निर्वाचनमा नेता प्रदीप पौडेल महामन्त्रीमा लड्ने निश्चित भएको छ । पौडेल कृष्ण प्रसाद सिटौला समूहका हुन् ।
सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई सहयोग गर्ने भएपछि पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा आफ्नो प्यानलमा समेटेका हुन् ।
आज साँझ देउवा र सिटौलाबीच भएको छलफलमा पौडेलको नाम महामन्त्रीको रुपमा फाइनल भएको उच्च स्रोतले बतायो । पौडेल देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार बन्ने भएसँगै उनी सशक्त उम्मेदवार बनेका छन् ।
सिटौला समूहबीच आजै महाधिवेशनको उद्घाटन भएपछि आन्तरिक छलफल समेत भएको थियो । सो छलफलमा देउवासँग मिलेर चुनावमा जानेबारे सिटौलाले ब्रिफिङ गरेका थिए । सिटौला समूहबाट देउवा प्यानलमा केही केन्द्रीय सदस्यहरु पनि समेटिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया