भारतमा थप आठ हजार ५ सय ३ जना कोरोना संक्रमित

लोकपथ
156
Shares

काठमाडौं । भारतमा हिजो बिहीबार आठ हजार ५ सय ३ जनामा कोरोना संक्रमण देखा परेको छ । हिजो देखिएको यस संक्रमितहरुमा चार हजार १ सय ६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल संक्रमितको संख्या तीन करोड ४६ लाख ७४ हजार ७ सय ४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अझै पनि ९४ हजार ९ सय ४३ जना सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

भारतमा हाल देखिएको सक्रिय संक्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । हाल रहेका सक्रिय संक्रमति कूल संक्रमतिको ०.२९ प्रतिशत मात्र रहेका जनाइएको छ । बिहीबार कोरोना संक्रमणबाट ६ सय २४ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ७४ हजार ७ सय ३५ पुगेको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ६ सय ७८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५ हजार ६६ जनालाई कोरोनाको संक्रमण निको भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ३२ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३१ करोड १८ लाख डोज खोप लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?