अपहरित २० जना प्रहरीको उद्धार

लोकपथ
169
Shares

काठमाडौं । इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो ।हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई त्यहाँका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।

बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाको सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको त्यहाँका सेनाले जनाएको छ । इजरायलका बोको हराम समूहले समय समयमा सुरक्षाकर्मीहरुलाई समेत अपहरण गरेर लाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?