ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धकाे खोप

लोकपथ
65
Shares

ओखलढुंगा । ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तिव्र पारिएकाे छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खाेप अभियानमा १९ हजारले खाेप लगाइ सकेका छ ।

जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएकाे खाेप पहिलाे चरण लगाएकालाई दाेस्राे र पहिलाे चरण छुटेकालाई पहिलाे डाेज खाेप लगाइएकाे हाे । एक सय ७५ वटा खाेप केन्द्रमा सञ्चालित खाेप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएकाे स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

खाेप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खाेप दिने व्यवस्था गरिने उनकाे भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खाेप अभियान सञ्चालन भइसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?