भारतीय सहयोगमा बनेको विद्यालय भवनको उद्घाटन

लोकपथ
133
Shares

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सर्लाहीका दुई विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।

पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज,लालबन्दी–१ स्थित जनता माध्यमिक विद्यालयका नयाँ भवनहरुको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले उद्घाटन गरेकी हुन् । सो विद्यालय भवन क्रमशः ६९.४ लाख र १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको हो ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ, जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस समेत उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?