हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
143
Shares

१. नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि काठमाडौंमा उद्घाटन हुँदै, भृकुटीमण्डपमा अन्तिम तयारी पूरा, सुदूरपश्चिमबाट मात्रै ४ सयभन्दा बढी प्रतिनिधि काठमाडौं ।

२. महाधिवेशनपछि गाउँ फर्किएर पार्टीलाई जिताउनतिर लाग्न नेता कार्यकर्तालाई कांग्रेस सभापति देउवाको आग्रह, स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने प्रतिबद्धता ।

३. प्रदेश पदाधिकारीको संख्या बढाउने माओवादी केन्द्रको निर्णय, प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने ।

४. नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार गगन थापाद्वारा ‘समुन्नत नेपाल ः सम्मानित नेपाली’को संकल्पसहित १५ बुँदे अवधारणापत्र सार्वजनिक, प्रत्येक नेपालीको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने जोड

५. आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको भनाइ, आफूले पार्टीमा युवाहरूलाई स्थापित गर्न पहल गर्ने प्रतिबद्धता

६. चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने अर्थमन्त्री शर्माको दाबी, अघिल्लो सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीतिका कारण नै अर्थतन्त्रमा समस्या देखिएको आरोप ।

७. सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्नेमा ऊर्जामन्त्री पम्फा भुसालको जोड, २ वर्षभित्रै आम जनतामा विद्युतीकरण गर्ने प्रतिबद्धता ।

८. नेकपा एमाले सर्वोच्च अदालतबाट पीडित भएको उपमहासचिव प्रदीप ज्ञवाली भनाइ, सर्वोच्चमा भइरहेको आन्दोलन मर्यादाबाहिर गएको टिप्पणी ।

९. महिला हिंसा अन्त्यको लागि घर–घरबाटै पहल गर्नुपर्ने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भनाइ, समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राष्ट्र र हरेक घर नै सचेत हुनुपर्नेमा जोड ।

१०. करार शिक्षक स्थायी गर्ने त्रिविको निर्णय खारेज गर्न सात विद्यार्थी संगठनको माग, निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी ।

११. बितेको २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि, ३२९ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

१२. साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट, दुई अर्ब ६७ करोडको कारोबार ।

१३. भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह, अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको प्रतिवेदन सार्वजनिक ।

१४. न्युजिल्यान्डमा धुम्रपान प्रतिबन्ध लगाउने तयारी, सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने ।

१५. र, युरोप लिगको ग्रुप ‘जी’ अन्तर्गतको खेलमा आज सेल्टिक र रियल बेटिस भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर अंकतालिका सुधार्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?