नाडाको मतदान प्रक्रिया सकियो, २८ सय भोट खस्यो

लोकपथ
91
Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्व चयनको मतदान सम्पन्न भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजे सम्पन्न भएको हो ।

कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको र तीमध्ये २८ सय प्रतिनिधिहरूले मात्र भोट खसालेको निर्वाचन समितिले जानकारी दिएको छ । बाँकी ३०० जना भोटिङ प्रक्रियामा नै सहभागी भएनन् ।

भोटिङ प्रक्रिया सकिए लगत्तै नाडाको निर्वाचन समितिले अहिले मतगणना गर्ने कार्य सुरु गर्न लागेको छ । अध्यक्षका प्रत्यासी करण चौधरी र ध्रुव थापाको दुई प्यानलबाट कुल १८ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?