सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

लोकपथ
7
Shares

काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

अब विदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिनेछ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सावन डी फिल्डरले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?