काठमाडौं । तमिलनाडुको कुन्नूरमा भएको सैन्य हेलिकोप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावत र उनकी पत्नीसहित १३ जनाको मृत्युले धेरै प्रश्नहरू खडा गरेको छ ।
यति ठूलो पदमा बसेका व्यक्तिलाई बोकेको हेलिकोप्टर कसरी दुर्घटना हुन सक्छ भन्ने कुरा जनताको मनमा आइरहेको छ ।
यसैबीच सेनाले धेरै प्रयासपछि हेलिकोप्टरको ब्ल्याक बक्स फेला पारेको छ । ब्ल्याक बक्स भेटिएपछि सेनाले यस दुर्घटनाको रहस्य पत्ता लगाउने अपेक्षा गरिएको छ ।
In Uttarakhand Assembly, Chief Minister Pushkar Singh Dhami, state ministers, and MLAs pay tribute to CDS General Bipin Rawat who along with his wife & 11 others died in a chopper crash in Tamil Nadu yesterday pic.twitter.com/FQYXxwZpCd
— ANI (@ANI) December 9, 2021
के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटना भएपछि ‘ब्ल्याक बक्स’ किन खोजिन्छ ?
आखिर यो ब्ल्याक बक्स के हो त ? हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसै कुरालाई मध्यनजर गरेर हामीले ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा रिपोर्ट तयार पारेका छौँ ।

के हो त ब्ल्याक बक्स ?
ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ ।
ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के–कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यही ब्ल्याक बक्सबाट थाहा हुन्छ ।
विमानको कुन भागमा अथवा कहाँ हुन्छ ब्ल्याक बक्स ?
सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के–कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म कि समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।
ब्ल्याक बक्सको रोचक तथ्य
रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन । यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।
सुन्तला रंगको डिब्बाको नाम कसरी रहन गयो ब्ल्याक बक्स ?
एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो । सायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया