चपर दुर्घटना : भारतीय रक्षामन्त्रीले संसदमा बताए पूरा घटनाक्रम, त्रिपक्षीय छानबिन गर्न आदेश

लोकपथ
1.1k
Shares

काठमाडौं । भारतको पहिलो सीडीएस जनरल विपिन रावतको हिजो बुधबार तमिलनाडुको कुन्नूरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । दुर्घटनामा सीडीएस जनरल रावतकी श्रीमती मधुलिकासहित १२ जनाको मृत्यु भएको थियो ।

सोबारेमा भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार संसदको दुवै सदनमा बयान दिएका थिए । रक्षामन्त्री राजनाथ सिंहले बिहान ११ बजे बसेको लोकसभामा जनरल रावत आफ्नो निर्धारित भ्रमणमा रहेको बताए ।

बुधबार ११:४८ मा एमआई-१७ हेलिकोप्टर उडेको थियो । बुधबार बिहान करिब १२ः०८ बजे एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरले नियन्त्रण गुमाएको बतएको छ । स्थानीयले यसबारे प्रशासनलाई जानकारी गराएका थिए ।

राजनाथ सिंह, रक्षामंत्री

तत्कालै स्थानीय प्रशासनको उद्धार टोली घटनास्थलमा पुगेर उद्धारकार्य सुरु गरेको थियो । अवशेषहरूबाट निकालिएका सबै मानिसहरूलाई वेलिंगटनको सैन्य अस्पतालमा लगिएको थियो। दुर्घटनामा १४ जनामध्ये १३ जनाको मृत्यु भएको थियो । राजनाथ सिंहले विपिन रावत, उनकी पत्नी मधुलिका रावत र ११ सेना अधिकारीको निधनमा शोक व्यक्त गरेका छन् ।

ब्लैक बॉक्स बरामद

लोकसभामा बयान दिँदै रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेनाले सैन्य हेलिकोप्टर दुर्घटनाको त्रिपक्षीय छानबिन गर्न आदेश दिएको बताएका छन् । छानबिनको नेतृत्व एयर मार्सल मानवेन्द्र सिंहले गर्नेछन्। हिजो अनुसन्धान टोली वेलिंगटन पुगेर अनुसन्धान थालेको थियो ।

लोकसभा अध्यक्ष ओम बिरलाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?