आफ्नै सासुको हत्या गर्ने ज्वाइँ पक्राउ

लोकपथ
442
Shares

काठमाडौं । महोत्तरीमा आफ्नै सासुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झै-झगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?