गैँडाको खागसहित ३ जना पक्राउ

लोकपथ
416
Shares

काठमाडौं । रुपन्देहीमा गैँडाको खागसहित ३ जना पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाइ र ४ इन्च लम्बाइ भएको गैंडाको खागजस्तो देखिने वस्तुसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नरबहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।

उक्त होटलको कोठामा गैँडाको खागको कारोबार गर्ने मानिसहरु छन् भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त वस्तुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?