काँग्रेको १४ औँ महाधिवेशनमा कृष्ण प्रसाद सिटौला पक्ष तानातानमा परेको छ । तर सिटौला पक्ष पनि के गर्ने भन्ने निर्णयमा अझै पुगिसकेको छैन । पौडेल र देउवा मात्र होइन निधिले समेत सिटौला पक्षसँग सहयोग मागिरहेका छन् ।
सिटौला निकट नेता भीमसेनदास प्रधानले जानकारी दिए अनुसार बुधबार बिहान सहयोग चाहियो भन्दै पौडेल सिटौलालाई भेट्न गएका थिए । पौडेललाई सिटौलाले सहयोग कसरी गर्ने प्याकेज के हो भन्ने जवाफ दिएको प्रधानले बताए । १३औं महाधिवेशनभन्दा अझ बलियो रहेको बताउँदै आएका सिटौला पक्षले भोलि शुक्रबार साँझसम्म के गर्ने भन्ने निष्कर्ष निकाल्ने प्रधानले बताए । महाधिवेशन प्रतिनिधिको जोड–घटाउमा सिटौला आफैं सभापतिमा उठ्दा ७ सय देखि ८ सयसम्म मत आउने देखिएको सिटौला निकट नेताहरुले बताएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया