आजको मौसमः पहाडी भूभागमा आंशिक बदली

लोकपथ
0
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहानैदेखि देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो प्रदेश नं १ को भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश नं १ र प्रदेश नं २ को भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र प्रदेश नं २ का भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?