युरोपेली शहरमा सिधा हवाई उडानबारे छलफल

लोकपथ
0
Shares

नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ । बोर्डमा भएको भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासको आदानप्रदान गर्ने कुरामा जोड दिइएको छ ।

भेटका क्रममा राजदूत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधैँ सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने बताए ।
बोर्डका कार्यकारी अधिकृत रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिए । सो क्रममा युरोपेली शहरमा सिधा हवाई उडानबारे छलफल पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?