२ माघ २०७८, आईतवार

लागु औषधसहित तीन पक्राउ

२०७८,मङ्सिर,२२,बुधबार २१:३३

0
Shares

कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाबाट आज साँझ प्रहरीले तीन जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार लागूऔषध खैरो हिरोइनको कारोवार भइरहेको विशेष सूचनाका आधारमा वेदकोट–५ का ३२ वर्षीय धनबहादुर धानुक, वडा नं ९ का २१ वर्षीय पारस थापा र कृष्णपुर नगरपालिका–५ देखतभूलीका १९ वर्षीय मनिसा विष्टलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये धनबहादुरको साथबाट शून्य दशमलव छ ग्रामका दुई पोका खैरो हिरोइन, रु ५०० नगद, पारसको साथबाट रु दुई हजार ९०० नगद रकमसहित २५ पोका शून्य दशमलव ९५ खैरो हिरोइन बरामद गरिएको उनले बताए । उनका अनुसार पक्राउ परेकामध्ये धनबहादुर वारदात पूर्वफौजदारी अभियोगमा सजाय पाइसकेका व्यक्ति रहेका छन् ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२२,बुधबार २१:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई कर्मचारीलाई

वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएका छन् । पर्यटन मन्त्रालयले गरेको छाननिका क्रममा उनी एउटा पुरानो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६