रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार बालविवाह हुन लागेको भन्ने सूचना त्यहाँको किशोरी समूह र बाल क्लबमार्फत प्रहरीमा पुगेपछि विक नेतृत्वको प्रहरी टोली गएर विवाह रोकेको हो । केटाको उमेर १४ वर्ष र केटीको उमेर १८ वर्ष रहेको उपरीक्षक श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया