आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
130
Shares

१. नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी तीव्र, संस्थापनले सभापतिमा देउवालाई स्वीकार गरेर अघि बढ्ने, संस्थापनइतरले अझै टुंगो लगाउन सकेन उम्मेदवार, बारम्बारको वार्ता विफल

२. विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न राष्ट्रपति भण्डारीको आग्रह, भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाइहरू अन्तर्राष्ट्रिय समुदायका लागि अनुकरणीय हुने विश्वास

३. प्रधानमन्त्री शेरबहादुर देउवाले दिए विवाह पञ्चमीको शुभकामना, राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, अनुशासन र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख

४. नेपाल बार एसोसिएसनद्वारा आज पनि सर्वाेच्च अदालत परिसरमा प्रर्दशन, प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा बिचौलियाको संरक्षण भइरहेको आरोप

५. पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको अर्थमन्त्री शर्माको दाबी, दातृ निकायको सहयोग, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटिएको जनशक्तिको लगनशीलताले नै पुनर्निर्माणकार्यले मूर्तरुप लिएको भनाइ

६. सत्तारुढ गठबन्धन सरकारले एसिड आक्रमणविरुद्धको कानुन बन्न नदिएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आरोप, महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियान नै सञ्चालन गर्नुपर्ने धारणा

७. बजेट फ्रिज हुन नदिन खेलकुद मन्त्री गहतराजको निर्देशन, कुनै पनि कार्यालयलाई काम गर्न समस्या भए आफूले सहजीकरण गर्ने प्रतिबद्धता

८. चलचित्र क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने श्रममन्त्री श्रेष्ठको प्रतिबद्धता, सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको भनाइ

९. विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने शिक्षामन्त्री पौडेलको दाबी, शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्ने तयारी भइरहेको भनाइ

१०. नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भनाइ, देशको अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको प्रस्टोक्ति

११. बुधबार नेपालमा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ६६ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु

१२. साताको चौथो कारोबार दिन सेयर बजारमा ५३ अंकको गिरावट, कारोबार रकम पनि २ अर्ब ६६ करोडमा खुम्चियो, विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

१३. भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटना, भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको मृत्यु

१४. सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र नेपाल पुलिसबीचको खेल बराबरीमा सकियो, हिमालयन शेर्पाले अग्रता जोगाउन नसक्दा १ अंकमा चित्त बुझायो

१५. र, च्याम्पियन्स लिगअन्तर्गतको खेलमा आज बायर्न मिउनिख र बार्सिलोना भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर नकआउट चरणमा पुग्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?