पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसक्यो : अर्थमन्त्री शर्मा

लोकपथ
78
Shares
u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;’wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।

भूकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए ।

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यावाद व्यक्त गरे ।

अर्थमन्त्री शर्माले भने, ‘भुकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ । भूकम्पपछिको सफल पुननिर्माण कार्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ । भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता समेत पुर्णता पायो । साथै अहिले भौतिक संरचना पुननिर्माण समेत सन्तोषजनक रुपमा काम भएको छ । पुर्ननिर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भुकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिक धन्यवादका पात्र हुन् । भौतिक संरचना, नीजि आवास तथा सार्वजनिक संरचना, पुरातात्विक,सांस्कृतिक तथा एतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्वपूर्ण चरण पार गरेका छन्। भुकम्पपछिको पुनर्निर्माण सन्तोषको विषय मात्रै नभएर राजनीतिक दल र सबै राजनीतिक दलको एकता, सबै दातृ निकाय तथा संघ संस्था र मित्र राष्ट्रहरुको सहयोग अत्यन्तै महत्वपूर्ण हुने कुरा पुष्टि गरेको छ ।’

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताए । उनले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए । त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताए । मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?