जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

लोकपथ
169
Shares

काठमाडौं । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो ।

उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एन्ड लिवरल फ्रि डेमोक्रेट्स (एफडीपी)सँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो ।

बिदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रममन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् ।

झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लागेका हुन् । चान्सलर हुँदा उनी सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?