खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिबन्ध

लोकपथ
156
Shares
A Zimbabwe National Army (ZNA) soldier stands guards as passengers leave a bus of the public transport company Zupco at the Market Square bus station in the Zimbabwean capital Harare on January 24, 2019. – Under pressure following international criticism of its brutal put-down of the protests, the government has scrambled to revive its public transport company Zupco after years of mismanagement and corruption. (Photo by Jekesai NJIKIZANA / AFP) (Photo credit should read JEKESAI NJIKIZANA/AFP/Getty Images)

जिम्बाबे । जिम्बाबेमा कोरोना भाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने सिलसिलामा यस्तो नियम लागू गरिएको हो ।

सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ ।

‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा वृद्धि भएको छ, त्यसैले मन्त्रिपरिषद्ले कडाइ गर्ने निर्णय गरेको हो’, सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भने ।

सरकारले सबैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरु पनि धेरै ठाउँमा वञ्चित र निषेध गरिने उनले बताए ।

उनले खोप लगाउनका लागि विभिन्न बसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिए । खोप नलगाएकाहरुलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिक स्थलमा नजान पनि उनले आग्रह गरे ।

उनले शैक्षिक संस्थाहरुमा पनि खोप लगाउन उमेर पुगेकाहरुले लगाउनुपर्ने र त्यहीअनुसारको सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

सरकारी तथ्याङ्कअनुसार जिम्बाबेमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४१ हजार ६०१ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त भएका छन् । देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?