सीडीएस विपिन रावतलाई सेनाको वेलिंग्टन बेस अस्पताल ल्याइयो, कस्तो छ उनको अवस्था ?

लोकपथ
25.7k
Shares

काठमाडौं । भारतीय सेनाको हेलिकोप्टर आज तमिलनाडुको निलगिरीमा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा सीडीएस विपिन रावत र उनकी श्रीमतीसहित १४ जना सवार थिए ।

हालसम्म दुर्घटनामा चार जनाको शव भेटिएको छ । स्रोतका अनुसार धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

जनरल विपिन रावत सहित उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि स्थानीय वेलिंग्टन बेस अस्पताल लगिएको छ, जहाँ चिकित्सकहरूको टोलीले उनीहरूको उपचार गरिरहेको छ।

गम्भिर घाईतेहरुको लागि एयर एम्बुलेन्स तैनाथ गरिएको थियो भने दुर्घटनामा मृत्यु भएका चार जनाको शव निकालिएको जनाइएको छ । घाइतेहरुलाई अस्पताल लगिएको र अहिले उद्धार कार्य जारी रहेको छ ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

चार जनाको मृत्यु भएको प्रशासनले पुष्टी गरेको छ भने चार जनाको मृत्यु भएको प्रशासनले औपचारिक पुष्टि गरेको छ । यद्यपि सीडीएस विपिन रावत र उनकी पत्नीको स्वास्थ्यको बारेमा प्रशासनले अहिलेसम्म जानकारी दिएको छैन।

सीडीएससहित सबै घाइतेको वेलिंग्टन अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ। यस सम्बन्धमा रक्षामन्त्री राजनाथ सिंहले संसदमा जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?