डिसहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

लोकपथ
161
Shares

काठमाडौं । डिसहोम फाइबरनेटले डाइनामिक कम्बो प्याक (Dynamic Combo Pack Offer) इन्टरनेट बार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा ल्याएको छ ।

जसअन्तर्गत डिसहोम फाइबरनेटसँगै डिसहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनेछन् । यो सुविधा २५Mbps वार्षिक ११ हजार ५०० रुपैयाँमा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क डिसहोम Go App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १०Mbps देखि १००Mbps सम्म उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?