आर्टिसन विन्टर फेस्ट-२०२१ सञ्चालन हुने

लोकपथ
224
Shares

काठमाडौं । स्थानीय कारिगर तथा फेसन डिजाइनरहरुको कला प्रस्फुटन गर्ने र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित आर्टिसन विन्टर फेस्ट-२०२१ (Artisan Winter Fest-2021) हुने भएको छ । अबिर डिजाइनर्स हबको आयोजनामा बखुण्डोलस्थित होटल सांग्रिला ब्लुमा यही शनिबार अर्थात् मंसिर २५ गतेका दिन सो कार्यक्रमको आयोजना गरिने भएको छ ।

कोभिडका कारण विश्व नै आक्रान्त बनेको र ठूला–ठूला व्यवसायीहरु समेत समस्या परेको हालको अवस्थामा साना व्यवसायी तथा कारिगरहरु अझ बढी मर्कामा परेको कारण उनीहरुलाई केही साहस र साथ दिनको लागि Artisan Winter Fest को आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा स्थानीय कारिगर तथा फेसन डिजाइनरहरुले स्थानीय सामग्री प्रयोग गरी तयार पारेका विभिन्न लुगा, गरगहना, खानेकुराहरुको प्रदर्शनी गरिनेछ भने विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने बताइएको छ ।

गत बसन्त ऋतुमा पनि अबिर डिजाइनर्स हबले Artisan Winter Fest को आयोजना गरिसकेको छ । जसले स्थानीय कारिगर तथा फेसन डिजाइनर्सहरुलाई एक उत्कृष्ट अवसरको सिर्जना गरेको सहभागीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?