नुवाकोटका सुमन थापाको हत्या प्रकरण : ४ जना पक्राउ

लोकपथ
65
Shares

त्रिशुली । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गएराति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेलाई प्रहरीले सार्वजानिक भने गरेको छैन ।

पक्राउ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो ।

हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दैै पीडित परिवारले मंगलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो ।

उक्त बसका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?