विश्व इतिहासमा आज : दोस्रो विश्वयुद्धमा अमेरिका प्रवेश भएको त्यो दिन

लोकपथ
546
Shares

काठमाडौं । आज ९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाहरु :

रोमानियामा प्रजातन्त्र :

सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत नयाँ संबिधान पारित भएको थियो । ४२ वर्षको कम्युनिस्ट शासन ढलेपछि रोमानियामा प्रजातन्त्र आएको थियो ।

प्यालेस्टाइनमा आन्दोलन :

प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधरणको हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो । सन् १९९१ मा भएको म्याड्रिड सम्मेलनपछि सन् १९९३ मा हिंसा समाप्त भएको थियो । प्यालेस्टाइन र इजरायलबीच सन् २००० मा दोस्रो चरणको हिंसा भएको थियो ।

दोस्रो युद्धमा अमेरिकाको प्रवेश :

सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो । सन् १९४१ को ८ डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

राष्ट्रमन्डल घोषणा :

सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । बेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?