नाडा चुनाव : को हुन् अध्यक्ष पदका उम्मेदवार करण चौधरी ?

लोकपथ
49
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनका प्रतिस्पर्धीमा ध्रुव थापा छन् ।

मंसिर २२ र २३ गते नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि व्यवसायीहरु २ समूहमा बाँडिएका छन् ।

करणको टिममा टाटा, एक्साइड ब्याट्रीलगायतको आधिकारिक वितरक सिप्रदी ट्रेडिङदेखि एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मको साथ छ ।

उनको टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ लगायत, हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेत लगायत छन् ।

उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तरमेकानिकबाट करियर सुरु । लिगेसीलाई अझमाथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । आसन्न साधारणसभामार्फत् हुने नेतृत्व चयनमा अध्यक्षपदको बलिया प्रत्यासी हुन् करण।

अटो क्षेत्रमा बटुलेको अनुभव र विश्व विख्यात विश्वविद्यायहरुबाट प्राप्त गरेको उच्च शिक्षाले उनलाई दक्षता, परिपक्वता र व्यवस्थापकीय क्षमतामा निखार ल्याउन सघाएको छ । आफ्नो कुशल नेतृत्वमार्फत् सुजुकीलाई मार्केट सेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएका छन्, करण ।

मेकानिकर व्यावसायिक आइडिया बारे उनी जे जवाफ दिन्छन्, कन्फिडेन्स साथ दिन्छन् । नाडाको अध्यक्षप्रत्यासी चौधरी यतिअग्लो खम्बा बनेर उभिएका छन् कि उनको क्षमता जित्ने प्रयत्न गर्नै जो कोहीलाई गाह्रो हुन्छ ।

उनले पूर्वाधारलाई पहिलो चुनावी एजेन्डा बनाएका छन् । पूर्वाधार विस्तार कसरी गर्न सकिन्छ भन्नेबारे सरकारसँग सहकार्य गर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?