आजको मौसम : कतै बदली, कतै सामान्य वर्षा

लोकपथ
63
Shares

देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागमा भने आंशिक बदली कायमै छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश नं १ को भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति प्रदेश नं १ र प्रदेश नं २ का भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?