३ करोड ठग्नेलाई प्रहरीले समात्यो

लोकपथ
399
Shares

विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भइ काठमाडौंको टोखा बस्ने ४१ वर्षीय मन्दिप कुमार गुरुङ्ग रहेका छन् । उनले विभिन्न व्यक्तिहरुलाई आफू व्रिटिस आर्मीबाट अवकाश भइ अहिले व्यवासयमा लागेको र नवलपरासी जिल्लामा जग्गा प्लानिङ्ग गर्न रकम आवश्यकता परेको भन्दै विश्वासमा पारी विभिन्न व्यक्तिहरुबाट रकम असुलेका थिए ।

पछि उनले पीडितहरुलाई खातामा रकम नरहेको विभिन्न बैंकहरुका रु ३ करोड ४ लाख रकमको चेक जारी गरी ठगी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोलीले गुरुङलाई टोखाबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटन, ललितपुरवाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?