सप्तरीमा उपाध्यक्षले भाँचिदिइन् अध्यक्षको दात

लोकपथ
468
Shares

सप्तरीमा दुई जनप्रतिनिधिबीच झडप भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको छ ।

कुटाकुटमा अध्यक्ष सुर्यनारायण मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्ष उषाकुमारी मण्डललाई पनि हातमा चोट लागेको जनाइएको छ ।

मङ्गलबार गाउँ कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहँदा अध्यक्ष र उपाध्यक्षबीच एकाएक विवाद भएको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?