४ माघ २०७८, मंगलवार

ओमिक्रोनपछि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ

२०७८,मङ्सिर,२१,मंगलवार १९:२०

126
Shares

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ ।

बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।

धार्मिक कार्य, विवाह, व्रतबन्ध लगायतका कार्यक्रमहरु स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गर्ने गराउने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको सन्दर्भममा स्थानीय तहले प्रचारप्रसारको कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । साथै कोभिड–१९ को सङ्क्रमण प्रभाव न्यूनीकरण र नियन्त्रण गर्न पूर्वतयारीका लागि जिल्लास्थित स्थानीय तहलाई अनुरोध गर्ने, भारतबाट आउने तथा लामो समय भारतमा बसी नेपाल फर्केका नेपाली नागरिकलाई सीमा नाकामा स्वास्थ्य हेल्थ डेस्कले अनिवार्य रुपमा ज्वरो लगायतका सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यस्तै एन्टिजेन परीक्षणबाट पोजिटिभ आएका बिरामीलाई तत्काल आइसोलेसनमा बस्न लगाउने, सबै खालका सवारी साधनहरुमा यात्रुहरुले अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने र हाल भइरहेको विभिन्न राजनीतिक दलहरुको कार्यक्रमहरुमा मानिसहरुको अत्यधिक भीडभाडका कारण कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने हुँदा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गर्ने गराउने जस्ता बैठकले निर्णय गरेको छ ।

हाल कोभिड–१९ को सङ्क्रमण प्रदेश नं १ मा न्यून देखिए पनि नयाँ भेरियन्टको सङ्क्रमणको विषयलाई लिएर मानिसहरुमा निकै चिन्ता पनि देखिएको छ । केही मानिसहरु मास्क र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र गराउनेतर्फ चेतना पनि अभिवृद्धि गरिरहेको पाइएको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२१,मंगलवार १९:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

सुडान । सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको

काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा थप २३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

ताजा समाचार