हेर्नुहोस् आज दिनभरका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
143
Shares

१) निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्ममा दल दर्ता गर्नुपर्ने ।

२) नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा, रोकिएका जिल्ला र प्रदेशसभा अधिवेशन महाधिवेशनपछि गर्ने तयारी

३) प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन केपी ओलीलाई नेपाल बार एसोसियसनले बुझायो ज्ञापनपत्र, महाअभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने ओलीको प्रतिक्रिया

४) नेपाली कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी, सैद्धान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्ने भनाइ ।

५) मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने नेकपा एमालेका सचिव योगेश भट्टराईको भनाइ, एमाले र कांग्रेसजस्ता ठूला पार्टीले नै विगतमा मुलुकलाई संकटबाट जोगाउँदै आएको दाबी ।

६) आफ्नै कार्यकालमा बूढीगण्डकी बनाउने अर्थमन्त्री शर्माको आश्वासन, त्रिपुरासुन्दरी मन्दिरदेखि सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्ने भनाइ

७) एमालेको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको कटाक्ष, ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी

८) संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दाबी, पार्टीमा आउने दिनका समस्याहरूलाई विधिवत् तरिकाबाट सामना गर्न आफू सक्षम रहेको प्रस्टोक्ति ।

९) ४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरसलाई रोक्न सक्ने च्युइङगम बनाउँदै ।

१०) नेपालमा मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ४ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

११) सेयर बजारमा ३७ दशमलव १८ अंकको गिरावट, कारोबार रकम पनि ३ अर्बमा सीमित ।

१२) ओमिक्रोनका बिरामीले भरिए दक्षिण अफ्रिकाका अस्पताल, पछिल्लो २४ घन्टामै थपिए २३ हजार संक्रमित ।

१३) १ लाख रुसी सेना युक्रेनी सीमामा तैनाथ रहेको युक्रेनको दाबी, रुसले युक्रेनमा फेरि आक्रमण गरे जवाफ दिन सेना पूर्णरूपमा तयार रहेको अमेरिकाको जवाफ ।

१४) नेपाली अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त, नेपाली टोलीको बुधबारबाट बन्द प्रशिक्षण सुरु हुँदै ।

१५) र, यूईएफए ९ग्भ्ँब्० च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज एसी मिलान र लिभरपुल भिड्दै, लिभरपुलविरुद्धको खेल जित्नै पर्ने दबाबमा मिलान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?