कोरोना अपडेट : थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

लोकपथ
273
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ११ हजार ८१० नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा पीसीआर विधिबाट ९ हजार ३८६ जनाको परीक्षण गर्दा २७२ जना र २ हजार ४२४ एन्टीजेन विधिबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा ३ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमनेको संख्या ११ हजार ५४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ६ हजार ३५२ रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ ।

पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?