२१ माघ २०७९, शनिवार

भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या डेढ वर्षपछिकै कम

२०७८,मङ्सिर,२१,मंगलवार १४:०७

108
Shares

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सबैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिँदै आएको छ । पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन ।

मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९५ हजार १४ रहेको छ । यो सङ्ख्या पनि ५५४ दिनपछिकै सबैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

कुल सङ्क्रमितमध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२१,मंगलवार १४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

काठमाडौं । श्रीलङ्काले आफ्नो ७५ औँ स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

ताजा समाचार