टर्कीमा कोरोनाको संक्रमण बढ्दै, एकै दिन भेटिए २० हजार संक्रमित

लोकपथ
91
Shares

काठमाडौं । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ ।

प्राप्त समाचार अनुसार टर्कीमा सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ ।

टर्कीमा सोमबार मात्र कोरोना सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?