रुसले युक्रेनमा आक्रमण गरे पछि नहट्ने अमेरिकाको जवाफ

लोकपथ
546
Shares

काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे आफू पछि नहट्ने स्पष्ट पारेको छ । रुसलाई जवाफ दिन अमेरिकी सेना पूर्णरुपमा तयार रहेको पनि अमेरिकाले जनाएको छ ।

ह्वाइट हाउसले रुसले युक्रेनी सीमामा सेना तैनाथ गरेको र त्यसबारे निगरानी गरिरहेको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरे अमेरिकाले आर्थिक सहायतामा पनि नराम्रो असर पर्ने बताएको छ । एक अधिकारीले रुसको उक्त निर्णयले अर्थतन्त्रलाई गम्भीर र आर्थिक क्षति पुर्‍याउन सक्ने बताएका छन् ।

रुसको गतिविधिलाई लिएर अमेरिका चिन्तित छ । अमेरिकाको यो चेतावनी बाइडेन-पुटिनबीचको बैठकअघि आएको हो । हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनका विदेशमन्त्रीसँगको भेटपछि युक्रेन नजिक रुसको असामान्य गतिविधिप्रति आफ्नो देश चिन्तित रहेको बताएका छन् ।

संयुक्त राष्ट्र संघका लागि रुसका उपराजदूत दिमित्री पोलान्स्कीले छिमेकी वा अरू कसैले नउक्साए रुसले युक्रेनमाथि आक्रमण नगर्ने स्पष्ट पारेका छन् ।

रुसले युक्रेनी सीमामा सेना तैनाथ गरेको दाबीअमेरिकाले गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले करिब १ लाख रुसी सेना युक्रेनी सीमा नजिकै तैनाथ रहेको विश्वास व्यक्त गरेका छन् । तर, रुसले कुनै पनि सैन्य तैनागरेको विषयको खण्डन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?