बैतडी जीप दुर्घटना : मृतक संख्या ५ पुग्यो

लोकपथ
56
Shares

काठमाडौं । सोमबार साँझ बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सोमबार घटनास्थलमा नै ४ जना र आज थप एक जनाको उपचारको क्रममा मृत्यु भएसँगै मृतक संख्या ५ पुगेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

मृत्यु हुने अन्यमा पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका छन् । त्यस्तै जानकीलाई उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । त्यसैगरी घाइतेमध्ये

पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेकोका उपचारका लागि डडेलधुरा सिफारिस गरिएको छ ।

सोमबार साँझ पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जीप पाटन नगरपालिका(१ सकार थलीमा दुर्घटनामा परेको थियो । उक्त जीपमा चालकसहित ११ जना रहेको उक्त जीपका चालक भने फरार रहेका छन् । दुर्घटनाग्रस्त जीप १०० मिटर तल खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?