काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्री पदका उमेदवार दिने औपचारिक घोषणा गरेका छन् ।
नेता परियारले आज पत्रकार सम्मेलन गर्दै संस्थापनइतर समूहबाट सहमहामन्त्री लड्ने घोषणा गरेका हुन् । परियारले दलित सहमहामन्त्रीको उम्मेदवार बन्ने जानकारी गराए ।
परियार हाल केन्द्रीय सदस्य छन् । उनले यस पटक क्रियाशील सदस्य छानबिन समितिमा सदस्य बसेर काम गरेका छन् । २०५४ सालमा नेविसंघ , २ कार्यकाल नेपाल दलित संघको महासचिव भएका हुन् ।
उनी १२औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य बनेका हुन् । १३औँ महाधिवेशनबाट पनि सदस्य पदमै निरन्तरता । उनी संविधानसभा सदस्य पनि हुन् ।
त्यस्तै संस्थापनइतर समूहबाट आफूले सहमहामन्त्रीको उम्मेदवारी दिने जानकारी दिँदै इतर समूहबाट जो सभापति आए पनि आफूलाई स्वीकार गर्ने बताए ।
‘इतर पक्षको आशीर्वाद प्राप्त गर्छु । सभापतिका आकांक्षी ४ जनाले पनि सहमहामन्त्री स्वीकार्नु हुन्छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया