सभापतिमा जगदीश्वर नरसिंह केसीलाई हराउँदै इन्द्र बानियाँ विजयी भएको नेपाली काँग्रेस बागमतीमा पदाधिकारीमा अन्य पदतर्फ भने मिश्रित नतिजा आएको छ ।
आज सम्पन्न मतगणनाको परिणामअनुसार उपसभापतिको दुई पदमा चन्द्र महर्जन र मोहन बस्नेत विजयी भएका छन् । बस्नेत देउवा समूहका हुन् भने महर्जन पौडेल समूहका हुन् । महर्जन १०३७ मतका साथ विजयी भएका हुन् भने बस्नेतले १०५९ मत पाए ।
यसैगरी महामन्त्रीमा पौडेल समुहका कञ्चनचन्द्र बादे र देउवा पक्षका राजु श्रेष्ठ विजयी हुँदा महिलातर्फको सहमहामन्त्रीमा जीवन डंगोल विजयी भइन् । यस्तै खुलातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया