आजका टप १५ हेडलाइन्स् हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
299
Shares

१) दक्षिण अफ्रिकाबाट नेपाल आएका दुई जनामा करोनाको नयाँ ओमिक्रोन भेरियन्ट पुष्टि, ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारद्वारा विभिन्न प्रयासहरू जारी, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह ।

२) सभापतिमा अन्तिम पटक उम्मेदवारी दिन लागेको भन्दै कांग्रेस सभापति देउवाले गरे सहयोगको अपिल, सभापतिमा निर्वाचित भए कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता ।

३) भारतबाट फर्किएका व्यक्तिले अनिवार्य रुपमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह ।

४) महाधिवेशपछि एमाले एकताबद्ध भएको नेकपा एमालेका सचिव योगेश भट्टराईको भनाइ, महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख ।

५) सर्वोच्च अदालतको समस्या संवादबाट समाधान हुनुपर्नेमा नेकपा एसका अध्यक्ष नेपालको जोड, लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नभएको भनाइ ।

६) आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने माओवादी केन्द्रका प्रवक्ता महराको दाबी, अहिले माओवादी दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कने जिकिर ।

७) कार्यभार सम्हालेदेखि मन्त्रालयको खर्चमा मितव्ययिता आएको पर्यटन मन्त्री आलेको दाबी, खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख ।

८) मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता, दलहरूभित्रै संविधानको भावनाअनुसार समावेशिताको सिद्धान्तलाई अंगीकार गरिसकेको अवस्था नरहेको स्वीकार ।

९) राष्ट्रिय जनमोर्चा पार्टीले ग¥यो आन्दोलनको घोषणा, २८ गते एमसीसी संसदमा जानसक्ने भन्दै सम्झौताको विरोधमा प्रदर्शन गर्न निर्देशन ।

१०) पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६ सय १७ परीक्षणमा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३ सय ५७ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

११) सोमबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार, विकास बैंकमा लगानीकर्ताको आकर्षण ।

१२) नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय, सेनाविरूद्ध नागरिकलाई भड्काएको र कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोप ।

१३) उडेको केही क्षणमै अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुर्घटनामा परी ४ जनाको मृत्यु, दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान हुँदै ।

१४) आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल १२औँ स्थानमा यथावत, वरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा ।

१५) र, इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज इभर्टन र आर्सनल भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर जित हात पार्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?