काठमाडौं । भूपेन्द्र बडुवालको हत्यामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गर्दै कैलालीको लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा-१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, लम्कीचुहा नगरपालिका-५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका-१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका-२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोश भन्ने सविनजँग शाहीलाई पनि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए ।
बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार छन्।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरनजीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका-६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका-१ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा-४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका-६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
योजनाबद्ध रुपमा गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया