काठमाडौं । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति जो बाइडेनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताएका छन् ।
डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए । राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका गरेका थिए । उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत रहेका यसै क्रममा झन्डै उनले ज्यान गुमाउनु परेको समाचारमा जनाइएको छ ।
डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो । जसमा उनले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेका उल्लेख गरिएको छ । सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले ‘आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ’, भनेका छन् ।
पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले ‘अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गर्नु भएको प्रस्ट पारेका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले डोललाई युद्धनायक, राजनीतिक नेता र एक राजनेताको संज्ञा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया