यस्ता छन् आज दिनभरको मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
78
Shares

१. राप्रपाका नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ, कमल थापाद्वारा शपथ कार्यक्रम बहिष्कार

२. नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेश सभा अधिवेशनको मत परिणाम आउने क्रम जारी, गण्डकीमा शुक्रराज, सुदूरपश्चिममा बलायर, कर्णालीमा ललितजंग निर्वाचित

३. पार्टीलाई अरूको भन्दा फरक ढङ्गले नेतृत्व दिने राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष लिङदेनको दाबी, पार्टीलाई सही दिशा दिने र नेता, कार्यकर्ताको शिर झुक्न नदिने प्रतिबद्धता ।

४. समाजबाट लैङ्गिक हिंसा उन्मुलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ, छाउपडी, बोक्सी जस्ता कुप्रथाहरू पूर्णरुपमा निर्मूल गर्नुपर्नेमा जोड ।

५. राष्ट्रिय खोप सल्लाहकार समितिद्वारा बुस्टर डोज दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस, दुवै डोज खोप लगाएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिइने, दीर्घ रोगीलाई प्राथमिकता ।

६. चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु, बाघ गणना सम्पन्न गर्न करिब चार करोड खर्च हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अनुमान ।

७. कारबाही गरेका सांसद उपस्थिति भए संसद् चल्न नदिने नेकपा एमालेका नवनिर्वाचित सचिव रघुवीर महासेठको भनाइ, वर्तमान सरकार कुनै पनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी ।

८. ‘ओमिक्रोन’ फैलन नदिन आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन, भारतमा ओमिक्रोन फैलिई सकेकाले सीमा नाकामा कडाइ गर्न माग ।

९. आइतबार देशभर २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ४ सय ३६ जना कोरोना सङ्क्रमणमुक्त, १ जनाको मृत्यु ।

१०. रोकिएन सेयर बजारको पहिरो, नेप्से परिसूचक ७२ दशमलव ३२ अङ्कले घट्दा ४ अर्बको कारोबार, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए ।

११. स्थायी तरलता सुविधा एसएलएफ निरुत्साहित गर्ने रणनीति बनाउँदै राष्ट्र बैङ्क, ४ महिनामा बैङ्कहरूले लिए सवा २० खर्ब सापटी ।

१२. भारतको राजधानी नयाँ दिल्लीमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, हालसम्म भारतमा ५ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि, अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने तयारी

१३. म्यानमारमा सैन्य कु को विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले ‘गाडी चलायो, पाँच जनाको मृत्यु, १५ जना घाइते ।

१४. लुम्बिनी प्रदेशले चुम्यो अन्डर–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि, सुदूरपश्चिम प्रदेश १ सय १३ रनले पराजित ।

१५. र, साफ अन्डर १९ महिला फुटबल च्याम्पियनसिपका लागि २३ सदस्यीय टिमको घोषणा, च्याम्पियनसिप डिसेम्बर ११ देखि बङ्गलादेशको ढाकामा आयोजना हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?