पाँच छोरीसहित एक आमाले गरिन् आत्महत्या

लोकपथ
2.6k
Shares

काठमाडौं । भारतको राजस्थानको कोटाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । राजस्थानमा एक आमाले पाँच छोरीसहित आत्महत्या गरेकी छन् ।

घटनाको कारण घरायसी विवाद रहेको बताइएको छ । हाल प्रहरीले ६ जनाको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागी पठाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मृतक महिलाको श्रीमानसँग पटक पटक झगडा हुने गरेको थियो । घटनाअघि पनि श्रीमानसँग कुनै विषयमा झगडा भएको प्रारम्भिक अनुमान लगाइएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको चेचट प्रहरी चौकीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?